+
+
Shares

मोरङबाट पक्राउ परे भरत दाहाल

उनी पछिल्लो समय बालेन शाह सरकारका विरुद्ध सार्वजनिक रूपमा बोलिरहेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ४ गते १२:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साइबर ब्युरोको उजुरीका आधारमा राजनीतिक विश्लेषक भरत दाहाललाई आइतबार बिहान मोरङको बेलबारीबाट पक्राउ गरिएको छ ।
  • मोरङमा दाहालविरुद्ध कुनै उजुरी नभएको प्रहरी उपरीक्षक कवित कटुवालले बताए ।
  • दाहाललाई आजै काठमाडौं पठाइने र ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको प्रहरीले जनाएको छ ।

४ भदौ, विराटनगर । राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन् ।

मोरङका प्रहरी उपरीक्षक कवित कटुवालका अनुसार आइतबार बिहान बेलबारीबाट पक्राउ परेका हुन् ।

दाहालविरुद्ध मोरङमा कुनै उजुरी छैन । उनी पछिल्लो समय बालेन शाह सरकारका विरुद्ध सार्वजनिक रूपमा बोलिरहेका थिए ।

साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई पक्राउ गरेको कटवालले बताए ।

दाहाललाई आजै काठमाडौं पठाइने उनले बताए । दाहालविरुद्ध ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो ।

दाहाल बेलबारीमा कार्यक्रमका लागि पुगेका थिए । तर, प्रहरीले भने कार्यक्रमका बारेमा कुनै जानकारी नभएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?