News Summary
Generated by OK AI. Editorially reviewed.- गोरखाको सिरानचोक गाउँपालिका थालाजुङमा जिप दुर्घटना हुँदा ८१ वर्षीया लालमाया गुरुङको उपचारका क्रममा मृत्यु भएको छ।
- भच्चेकबाट चित्रेपोखरी जाँदै गरेको ग १ ज ६३८९ नम्बरको जिप सडकको नालामा खसी भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ।
- दुर्घटनामा सात जना घाइते भएका छन् र उनीहरूको प्रदेश अस्पताल आँपपिपलमा उपचार भइरहेको छ।
४ असोज, गोरखा । गोरखामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिपमा सवार अन्य सात जना घाइते छन् । मृत्यु हुनेमा सिरानचोक गाउँपालिका वडा नम्वर २ काउलेकी ८१ बर्षीया लालमाया गुरुङ रहेकी छन् । प्रदेश अस्पताल आँपपिपलमा उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
आइतबार बिहान करिव साढे दश बजे सिरानचोक गाउँपालिकाको थालाजुङस्थित भित्रि सडकखण्डमा भच्चेकबाट चित्रेपोखरी जाँदै गरेको ग १ ज ६३८९ नम्वरको जिप सडकको नालामा खसी भित्तामा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा वडा नम्वर ७ का अन्दाजी ६८ बर्षीय कमलबहादुर घिमिरे, ४८ बर्षीया सीता पाण्डे, लोकबहादुर खड्का, ७३ बर्षीय कुलबहादुर सार्की, वडा नम्वर ६ सिम्लेका ६८ बर्षीया सिता गुरुङ, वडा नम्वर ७ डाँडागाउँ बस्ने २७ की रेजिना नेपाली र उनको २१ महिनाकी छोरी रेविका नेपाली घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरूको प्रदेश अस्पताल आँपपिपलमा उपचार भइरहेको डिएसपी राजकुमार श्रेष्ठले बताए । चालक र जिप नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
प्रतिक्रिया 4