News Summary
Generated by OK AI. Editorially reviewed.- भोटेकोशी बाढीमा ज्यान गुमाएकामध्ये एक हजार ४३६ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ ।
- आज बिहान ११ बजेसम्म रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ र नवलपरासीका विभिन्न जिल्लामा एक हजार ४३४ शव फेला परेका थिए ।
- पहिचानका लागि तीन हजार २८३ डिएनए नमूना सङ्कलन गरी एक हजार २९२ शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।
४ असोज, काठमाडौँ । भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीका अनुसार आज बिहान १1 बजेसम्म रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६५, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ गरी एक हजार ४३४ शव फेला परेका हुन् ।
फेला परेका शव पहिचानका लागि ‘डिएनए’ नमूना सङ्कलन गरी हालसम्म एक हजार २९२ शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
शव पहिचानका लागि मृतकका एक हजार २८६ र आफन्तका एक हजार ९९७ गरी कुल तीन हजार २८३ वटा डिएनए नमूना सङ्कलन गरिएको छ । पहिचान नभएको एक हजार ३६२ शवको विवरण प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापनलगायतका लागि हालसम्म सात हजार ९७५ प्रहरी परिचालन गरिएको छ । बेपत्ता भएका चार हजार ६५५ जनाको खोजी भइरहेको छ । रासस
प्रतिक्रिया 4