+
+
Shares

एमाले सचिवालय बैठक : पुनर्गठन कार्यदलको प्रतिवेदन स्वीकार, केन्द्रीय कमिटीमा छलफल हुने

‘त्यो प्रतिवेदनमा नेतृत्व सम्बन्धी सबैचिज हटेको छ । त्यहाँ मतभेद भएका विषय हटेर सर्वसम्मत जुन कार्यदलले पास गर्‍यो,’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ४ गते १९:५४

४ असोज, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले तयार पारेको प्रतिवेदन स्वीकार गरेको छ । आइतबार बसेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले बुझाएको कार्यदल प्रतिवेदन स्वीकार गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

‘आठौँ सचिवालय बैठकले चार महिना लगाएर जुन प्रतिवेदन तयार गर्‍यो, त्यो सर्वसम्मत रूपमा प्रतिवेदनलाई बुझाउने काम भयो र सचिवालयले त्यसलाई ग्रहण गर्‍यो,’ उपमहाचिव भट्टले भने, ‘आजको बैठक भोलि बिहान नौ बजे बस्नेगरी स्थगित भएको छ ।’  त्यही बैठकले केन्द्रीय समितिमा छलफल हुने एजेन्डाबारे छलफल हुने उनले बताए ।

‘त्यो प्रतिवेदनमा नेतृत्व सम्बन्धी सबैचिज हटेको छ । त्यहाँ मतभेद भएका विषय हटेर सर्वसम्मत जुन कार्यदलले पास गर्‍यो,’ उनले भने ।

कसले तयार पारेको प्रतिवेदन ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘त्यो कार्यदलले पास गरेको प्रतिवेदन हो, त्यो संयोजकले पेस गरेको प्रतिवेदन भनेर बुझ्छु मैले ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?