News Summary
Generated by OK AI. Editorially reviewed.- आइतबार साँझ पृथ्वी राजमार्गको त्रिशूली करिडोरअन्तर्गत धादिङ खण्डमा भारी वर्षा भइरहेको छ।
- भारी वर्षाका कारण सडकमा सवारी जाम बढेको छ र साना खोल्सीबाट लेदोसहितको बाढी झरिरहेको छ।
- प्रहरीले पृथ्वीराजमार्ग हुँदै यात्रा गर्दा सजगता अपनाउन र अत्यावश्यकबाहेक यात्रा नगर्न अपिल गरेको छ।
४ असोज, काठमाडौं । आइतबार साँझ पृथ्वी राजमार्गको त्रिशूली करिडोरमा भारी वर्षा भइरहेको छ। त्रिशूली करिडोरअन्तर्गत धादिङ खण्डमा भारी वर्षा भइरहेको हो। भारी वर्षाका कारण सडकमा सवारी जाम बढेको छ।
सडक छेउका साना खोल्सीहरूबाट लेदोसहितको बाढी झरिरहेको छ। प्रहरीले अहिले पृथ्वीराजमार्ग हुँदै यात्रा गर्दा सजकता अपनाउन अपिल गरेको छ। राजमार्गका केही ठाउँमा पहिरो र बाढीको जोखिम रहेकोले अत्यावश्यकबाहेक यात्रा नगर्न प्रहरीले भनेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4