+
+
Shares

मनास्लु हिमपहिरोमा पुरिएर दुई जनाको मृत्यु

मकालु एड्भेन्चरबाट मनास्लु आरोहणका लागि गएका उनीहरूको शव सोमबार हेलिकोप्टरबाट उद्धार गरी काठमाडौंं लैजाने तयारी गरिएको बताइएको छ ।

विकास मरहट्टा विकास मरहट्टा
२०८३ असोज ४ गते २०:१२

४ असोज, गोरखा । मनास्लु हिमपहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा भारतीय–जर्मन आरोही ध्रुवज्योति गुहा र उनका सहयोगी फुर्सेम्बा शेर्पा रहेका छन् ।

मनास्लु हिमाल आरोहणका क्रममा शनिबार उनीहरू तेस्रो शिविर पुगेका थिए । राति एक्कासी हिमपहिरो आएर टेन्टभित्र सुतिरहेका उनीहरूलाई पुरेको स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार मौसम बिग्रिएर ठूलो पानी परेपछि अन्य आरोही दोस्रो शिविरतर्फ झरेपनि उनीहरू तेस्रो शिविरमै बसेका थिए ।

मकालु एड्भेन्चरबाट मनास्लु आरोहणका लागि गएका उनीहरूको शव सोमबार हेलिकोप्टरबाट उद्धार गरी काठमाडौंं लैजाने तयारी गरिएको बताइएको छ ।

केही दिनअघि मनास्लु आरोहणकै क्रममा सिंगापुरका आरोही ५० बर्षीय ल उई सेङ्ग र आरोहण सहयोगी २० वर्षीय तासि शेर्पाले ज्यान गुमाएका थिए । दोस्रो शिविरबाट तल झर्ने क्रममा सेङ्गको मृत्यु भएको थियो, भने शेर्पा शिविरको टेन्टभित्रै मृत भेटिएका थिए ।

यो सिजनमा मनास्लु आरोहणका लागि ४८० जना विदेशी आरोहीले अनुमति लिएका छन् ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?