४ असोज, सुनसरी । सुनसरीमा आइतबार रुख ढलेर च्यापिँदा एक महिलाको ज्यान गएको छ ।
मृत्यु हुनेमा बर्जु गाउँपालिका–६ चिमडीकी ३८ वर्षीया सीता यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
दिउँसो बर्जु ताल क्षेत्रमा गाईवस्तुका लागि घाँस काट्न जादा अचानक हावाहुरी चलेपछि नजिकै रहेको सिमलको रुख ढलेको हो ।
रुखले च्याप्दा यादव घाइते भएकी थिइन् । उनको उपचारका क्रममा बूढीगङ्गास्थित विराट शिक्षण अस्पताल मृत्यु भएको सुचना अधिकारी खड्काले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4