+
+
Shares

इरानी सेनाको दाबी– अमेरिका फेरि इरानमाथि आक्रमणको तयारी गर्दैछ

इरानी सेनाको खातम अल–अन्बिया केन्द्रीय मुख्यालयले केही क्षेत्रीय देशको समर्थनमा अमेरिकाले इरानमाथि आक्रमणको तयारी गरिरहेको सूचना प्राप्त भएको दाबी गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ४ गते २०:३८

इरानी सेनाको खातम अल–अन्बिया केन्द्रीय मुख्यालयले केही क्षेत्रीय देशको समर्थनमा अमेरिकाले इरानमाथि आक्रमणको तयारी गरिरहेको सूचना प्राप्त भएको दाबी गरेको छ ।

बीबीसी फारसी सेवाका अनुसार खातम अल–अन्बिया केन्द्रीय मुख्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीले प्राप्त गरेको जानकारीअनुसार अमेरिकाले एउटा युरोपेली देशमा भएको संयुक्त बैठकमा केही क्षेत्रीय देशको सहमतिमा इरानविरुद्धका कारबाही पुन: सुरु गर्ने निर्णय गरेको छ ।’

यद्यपि, उक्त बैठकमा सहभागी अन्य देश वा बैठक आयोजना गर्ने युरोपेली देशबारे मुख्यालयले थप जानकारी दिएको छैन ।

मुख्यालयले क्षेत्रीय देशहरूलाई चेतावनी दिँदै अमेरिकी आक्रमणमा ‘सहयोग’ गरेमा उनीहरूलाई पनि यस कार्यको साझेदार मानिने बताएको छ । त्यस्ता देशले इरानी सशस्त्र बलबाट संयम वा शालीनताको अपेक्षा गर्न नसक्ने चेतावनी दिइएको छ ।

खातम अल–अन्बिया केन्द्रीय मुख्यालयले अमेरिकालाई पनि चेतावनी दिँदै आक्रमण भएमा ‘क्षेत्रमा रहेका उसका सबै सैन्य अड्डा कुनै प्रतिबन्ध वा विचारबिना इरानी आक्रमणको निशाना बन्ने’ जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?