+
+
Shares

अमेरिकासँग इरानलाई ध्वस्त पार्ने वा सम्झौता गर्ने दुई विकल्प छन् : ट्रम्प

ट्रम्पले अगाडि भनेका छन्, ‘मेरो प्रश्न- के म सम्पूर्ण इरानलाई ध्वस्त पार्नेछु भन्ने हो । उनीहरूले आफूलाई सम्हाल्नुपर्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ४ गते २१:४०

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसँग इरानलाई ध्वस्त पार्ने वा सम्झौता गर्ने दुई विकल्प मात्रै रहेको बताएका छन् । इरानसँगको युद्धबारे फक्स न्युजसँगको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् ।

‘अमेरिकासामु दुईवटा विकल्प छन्– इरानलाई पूर्ण रूपमा ध्वस्त गर्ने, उसलाई आर्थिक रूपमा कमजोर हुँदै जान दिने वा सम्झौता गर्ने’, उनले भनेका छन् ।

यसैले इरानले आफूलाई सम्हाल्नुपर्ने उनले बताएका छन् । ट्रम्पले अगाडि भनेका छन्, ‘मेरो प्रश्न– के म सम्पूर्ण इरानलाई ध्वस्त पार्नेछु भन्ने हो । उनीहरूले आफूलाई सम्हाल्नुपर्छ ।’

यस्तै, संयुक्त राष्ट्रसंघको महासभाका क्रममा यसै साता इरानी राष्ट्रपति मसुद पेजेस्कियानसँग भेट्ने सम्भावनाप्रति आफू खुला रहेको ट्रम्पले बताएका छन् ।

मध्यपूर्वमा अमेरिकी नागरिकलाई दिइएका चेतावनीका बाबजुद यो साता अन्य कुनै साताभन्दा फरक नरहेको उनको भनाइ छ ।

अन्तर्वार्ताका क्रममा ट्रम्पले अमेरिकाले हुथीहरूसँग निरन्तर सम्पर्क गरिरहेको र उनीहरूले अमेरिकाविरुद्ध लडाइँ नगर्ने सहमति जनाएको दाबी गरेका छन् ।

‘केही इरानी अधिकारीहरू मुसाजस्तै लुकेर बसेका छन् । सम्झौता गर्नसक्ने व्यक्ति खोज्न कठिन भइरहेको छ,’ ट्रम्पले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?