+
+
Shares

पर्सामा गोली चलाएर ३० किलो गाँजासहित ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ५ गते ११:०९
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पर्सामा प्रहरीले ३० किलो गाँजासहित पर्साकै पटेर्वासुगौली गाउँपालिका-१ का तीन जनालाई पक्राउ गरेको छ।
  • विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भागेपछि दुई राउण्ड हवाई फायर गरेको छ।

५ असोज, काठमाडौं । पर्सामा प्रहरीले ३० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले आइतबार राति १० बजे दुई राउण्ड गोली चलाएर पर्साकै पटेर्वासुगौली गाउँपालिका-१ का ५० वर्षीय महेश सहनी, ३४ वर्षीय नन्दलाल सहनी र ७५ वर्षीय भुटी भन्ने भुरीचौधरीलाई नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा पटेर्वासुगौलीस्थित इलाका प्रहरी कार्यालयको टोली वडानम्बर १ को मलाही टोल पुगेको थियो । त्यसक्रममा गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरु भागेपछि प्रहरीले पेस्तोलबाट २ राउण्ड हवाई फायर गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?