News Summary
Generated by OK AI. Editorially reviewed.- स्पेस एक्स एआईले कोडिङ र ज्ञान-आधारित कार्यका लागि ग्राेक ४.७ सार्वजनिक गरेको छ र यसलाई अहिलेसम्मकै सबैभन्दा शक्तिशाली मोडल भनेको छ।
- कम्पनीका अनुसार ग्राेक ४.७ ले लामो र जटिल टास्क अघिल्ला संस्करणभन्दा छिटो र कम लागतमा सम्पन्न गर्छ, साथै सुरक्षा प्रणाली र टास्क भेरिफिकेसन थपिएको छ।
- ग्राेक ४.७ कर्सर, ग्राेक ब्युल्ड, ग्राेक एपीआई र तेस्रो-पक्ष कोडिङ प्लेटफर्ममा उपलब्ध छ, र यसको एपीआई मूल्य ग्राेक ४.६ सरह राखिएको छ।
६ असोज, काठमाडौं। स्पेस एक्स एआईले आफ्नो नयाँ आर्टिफिसियल इन्टेलिजेन्स मोडल ग्राेक ४.७ सार्वजनिक गरेको छ।
कम्पनीले यसलाई कोडिङ र ज्ञान-आधारित कार्यका लागि अहिलेसम्मकै सबैभन्दा शक्तिशाली मोडल भएको दाबी गरेको छ। ग्राेक ४.७ ले लामो र जटिल टास्कहरू अघिल्ला संस्करणहरूभन्दा छिटो र कम लागतमा सम्पन्न गर्न सक्ने कम्पनीले जनाएको छ।
यसमा अझ बलियो सुरक्षा प्रणाली र स्मार्ट टास्क भेरिफिकेसन सुविधाहरू थपिएका छन्।
ग्राेक ४.७ लाई अघिल्ला मोडलहरूभन्दा बढी जटिल समस्याहरूमा प्रशिक्षण दिइएको छ। यसको बेस मोडल अझ विस्तृत बनाइएको छ र ग्राेक बट हार्नेसको नेटिभ सपाेर्ट समावेश गरिएको छ, जसले वार्तालाप र कागजात सिर्जनामा सुधार ल्याएको छ।
सुरक्षाको हकमा ह्याकरबेन्च भी३.० बेंचमार्कमा केवल ३.३% जोखिमपूर्ण ड्युल-युज प्रम्प्टहरू मात्र अनुमति दिइएको छ। यसले वैध साइबरसिक्योरिटी कार्यहरूमा कम अवरोध पुर्याउने कम्पनीको दाबी छ।
ग्राेक ४.७ कर्सर, ग्राेक ब्युल्ड, ग्राेक एपीआई र विभिन्न तेस्रो-पक्ष कोडिङ प्लेटफर्महरू मार्फत उपलब्ध छ।
यसकाे एपीआई मूल्य ग्राेक ४.६ मा जस्तै राखिएको छ, जसअनुसार इनपुट टोकन प्रति मिलियन २ डलर, आउटपुट टोकन प्रति मिलियन ६ डलर र क्याश्ड इनपुट प्रति मिलियन ०.५० डलर (२००,००० टोकनभन्दा कम प्रम्प्टका लागि) रहेको छ।
२००,००० टोकनभन्दा बढी लामो प्रम्प्टका लागि मूल्य दोब्बर हुन्छ। मोडलले ५००,००० टोकनसम्मको कन्टेक्स्ट विन्डो समर्थन गर्छ। कम्पनीका अनुसार यो मोडल अघिल्ला संस्करणहरूभन्दा दोब्बर छिटो छ र आधा मूल्यमा उपलब्ध छ।
प्रतिक्रिया 4