+
+
Shares

त्रिपुरेश्वर बस आगलागी घटना : कीर्तिपुर बर्न अस्पताल बाहिर प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते १३:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिपुरेश्वरमा बसमा आगलागीपछि उपचाररत मकवानपुरका चालक अर्जुन दोङको कीर्तिपुर बर्न अस्पतालमा गएराति मृत्यु भएको हो।
  • मृतकका परिवार र स्वतन्त्र चालक संघ नेपालले बर्न अस्पताल बाहिर प्रदर्शन गर्दै घटनामा संलग्नमाथि कारबाही र न्यायको माग गरेका छन्।
  • संघका अध्यक्ष धनबहादुर श्रेष्ठले निष्पक्ष छानबिन, चालक आयोग गठन, क्षतिपूर्ति र चालकहरूमाथिको ज्यादती अन्त्य गर्न माग गर्नुभयो।

६ असोज, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा बसमा जलेर चालकको मृत्यु भएको घटनाको विरोधमा कीर्तिपुरको बर्न अस्पताल बाहिर प्रदर्शन भएको छ ।

मृतक अर्जुन दोङका परिवार र स्वतन्त्र चालक संघ नेपालले अस्पताल बाहिर मंगलबार प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा अर्जुनका दुई श्रीमतीले आफ्नो श्रीमान्‍ले न्याय पाउनुपर्ने भन्दै घटनामा संलग्नमाथि कारबाही हुनुपर्ने माग राखेका छन् ।

उनीहरूले भनेका छन्, ‘बुढालाई न्याय चाहियो । अरू केही चाहिएको छैन । मर्न बाध्य पार्नेमाथि पनि कारबाही हुनुपर्छ ।’

स्वतन्त्र चालक संघले घटनाबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कार्बाही हुनुपर्ने माग राखेको छ ।

संघका अध्यक्ष धनबहादुर श्रेष्ठले अनलाइनखबरसँग भने, ‘सवारी चालकहरूमाथि हुने ज्यादती बन्द गर्नुपर्छ । चालकहरूमाथि हुने बेथिति अन्त्य हुनुपर्छ । मृतक चालकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्छ । साथै चालक आयोग गठन गरेर घटनाबारे निष्पक्ष छानबिन हुनुपर्छ । दोषीलाई कारबाही गर्नुपर्छ ।’

चालकमाथि हुने अत्यचार बन्द गर, चालक मार्न पाइँदैन, चालकलाई न्याय दे लगायतका नारा लगाएर उनीहरूले प्रदर्शन गरेका छन् ।

काठमाडौंको त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा मकवानपुरका अर्जुन दोङ घाइते भएका थिए । उनको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा गए राति मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?