+
+
Shares

ललितपुर महानगरको कांग्रेस सभापतिमा महर्जन र श्रेष्ठको आकांक्षा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते १६:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस ललितपुर महानगर सभापतिका लागि राजु महर्जन र गणेशभक्त श्रेष्ठले आकांक्षा राखेका छन् ।
  • असोज ७ गते खोकना दोबाटोमा हुने महानगर अधिवेशनमा ७५० भन्दा बढी क्षेत्रीय प्रतिनिधि सहभागी हुनेछन् ।
  • ललितपुर–९ का महर्जन हाल महानगरका प्रवक्ता हुन् भने ललितपुर–१३ का श्रेष्ठले उम्मेदवार हुन नेता कार्यकर्तासँग छलफल गरिरहेको जानकारी गराएका छन् ।

६ असोज, काठमाडौं । नेपाली कांग्रेसको ललितपुर महानगरको सभापतिका लागि दुई जनाले आकांक्षा राखेका छन् ।

असोज ७ गते (भोलि) हुने महानगर अधिवेशनमा सभापति पदका लागि राजु महर्जन र गणेशभक्त श्रेष्ठ आंकाक्षी देखिएका हुन् । ललितपुर महानगर–९ का महर्जन हाल ललितपुर महानगरको प्रवक्ता छन् ।

सभापतिका अर्का आकांक्षी श्रेष्ठ गत अधिवेशनमा पनि प्रतिस्पर्धा गरेका थिए । तत्कालीन समयमा सभापतिका उम्मेदवार शुभानन धाख्वासँग श्रेष्ठ पराजित भएका थिए । उनी ललितपुर–१३ निवासी हुन् । सभापतिका आकांक्षी श्रेष्ठले उम्मेदवार हुनका लागि पार्टीका नेता कार्यकर्ताहरूसँग छलफल गरिरहेको जानकारी गराए ।

ललितपुर महानगरको अधिवेशनका लागि ७५० बढी क्षेत्रीय प्रतिनिधि रहेको सभापति शुभानन धाख्वाले जानकारी गराए । अधिवेशन खोकना दोबाटोमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?