+
+
Shares

अमेरिकी विदेशमन्त्रीले भने- राष्ट्रसंघ महासभाका क्रममा इरानसँग वार्ता गर्न खुला छौं

विदेशमन्त्री रुबियोले भनेका छन्, ‘विशेषगरी त्यसबाट सकारात्मक परिणाम आउने र अन्तत: इरानले कहिल्यै आणविक हतियार बनाउन नसक्ने सुनिश्चित गर्ने उद्देश्य हासिल गर्न सकिने सम्भावना भएमा ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते १८:२०

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा इरानी पक्षसँग भेटवार्ता गर्न अमेरिका खुला रहेको बताएका छन् । तर अहिलेसम्म त्यस्तो भेटवार्ताको मिति भने तय नभएको उनले बताए ।

एक टेलिभिजन अन्तर्वार्ताका क्रममा रुबियोले यस्तो बताएका हुन् ।

‘अहिले केही तय भएको जस्तो लाग्दैन । तर यस्तो भेटका लागि हामी निश्चित रूपमा खुला छौं,’ विदेशमन्त्री रुबियोले भनेका छन्, ‘विशेषगरी त्यसबाट सकारात्मक परिणाम आउने र अन्तत: इरानले कहिल्यै आणविक हतियार बनाउन नसक्ने सुनिश्चित गर्ने उद्देश्य हासिल गर्न सकिने सम्भावना भएमा ।’

महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अब्बास अराघची न्युयोर्क पुगिसकेका छन् । ट्रम्प प्रशासनले इरानको ‘मुख्य प्रतिनिधिमण्डल’लाई महासभामा सहभागी हुन अनुमति दिएको छ । उक्त प्रतिनिधिमण्डलमा इरानी राष्ट्रपति मसुद पेजेस्कियन पनि सहभागी हुनेछन् ।

रुबियोले मंगलबार बिहान फक्स न्युजसँग कुरा गर्दै पेजेस्कियनसँग भेट्नु अझै उपयोगी हुनसक्ने बताएका थिए ।

विदेशमन्त्री रुबियोले पनि ट्रम्प इरानी राष्ट्रपति पेजेस्कियनसँग भेट्न तयार रहेको बताएका छन् । ‘राष्ट्रपति उनी(पेजेस्कियन) वा अरू कसैसँग पनि भेट्न तयार हुनुहुन्छ । यस्तो भेटबाट केही नराम्रो पनि हुँदैन,’ उनले भनेका छन् ।

इरानमा अन्तिम निर्णय गर्ने अधिकार सर्वोच्च नेता आयतोल्लाह अली खामेनीसँग रहेको उल्लेख गर्दै रुबियोले वार्ताबाट ठोस परिणाम आउने विषयमा भने निश्चित हुन कठिन रहेको बताए ।

यद्यपि उनले सम्झौता वा कूटनीतिका लागि कहिल्यै ढोका बन्द गर्न नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?