+
+
Shares

एमाले केन्द्रीय कमिटी : ११८ सदस्यले राखे धारणा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते १८:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन ९६ सदस्यले अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदनलगायत विषयमा धारणा राखे।
  • सचिव महेश बस्नेतले केही सदस्यले प्रतिवेदनको आलोचना गरे पनि अधिकांशले समर्थन गरेको दाबी गरे।
  • बस्नेतले पार्टी पुनर्गठन नेतृत्व परिवर्तन नभएको र संगठनात्मक संरचना तथा जनसङ्गठन थप मजबुत बनाइने बताए।

६ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको दोश्रो दिन सदस्यहरूले अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन लगाएतका बिषयका धारणा राखेका छन् ।

मंगलबार ललितपुरमा बसेको बैठकमा ११८ जना सदस्यहरूले धारणा राखेको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।

अध्यक्षको प्रतिवेदनले वर्तमान राष्ट्रिय–अन्तर्राष्ट्रिय परिवेशको सही विश्लेषण गरेको, पार्टीभित्रका समस्या उजागर गरेको र वर्तमान सरकारका गलत क्रियाकलापको सही व्याख्या गर्दै भावी कार्यदिशा तय गरेको सचिव महेश बस्नेतले जानकारी दिए ।

उनले पार्टी पुनर्गठन भनेको अध्यक्ष वा नेतृत्व परिवर्तन नभएको भन्दै उहाले पार्टी र नेतृत्वमाथि आक्रमण भइरहेको बेला नेतृत्व खुइल्याउने नभई अझ बलियो र स्थापित बनाएर लैजाने नीति रहेको उल्लेख गरे ।

उनले पार्टीलाई कार्यकर्तामा आधारित पार्टीको रूपमा व्यवस्थित गर्दै सङ्गठनात्मक संरचना र जनसङ्गठनहरूलाई थप मजबुत बनाइने बताए ।

एमालेलाई थप एकताबद्ध, सुदृढ, बलियो नेतृत्वसहितको सशक्त र सुधारिएको पार्टीका रूपमा स्थापित गर्ने संकल्पका साथ बैठक सम्पन्न हुने सचिव बस्नेतले बताए ।

एमाले केन्द्रीय कमिटी बिहीबार सम्पन्न हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?