News Summary
Generated by OK AI. Editorially reviewed.- २०औं एसियाली खेलकुदको स्क्वाश मिक्स डबल्समा नेपालका बिपना भ्लोन र अरहन्त सिंहको जोडी पहिलो चरणबाटै बाहिरिएको छ ।
- नागोयाको किन्जो फुतो एरिनामा भएको राउन्ड अफ ३२ मा नेपाली जोडी पाकिस्तानका आसिम खान र मेहविश अलीसँग २–० ले पराजित भएको छ ।
- नेपालले एसियन गेम्समा हालसम्म पदकको खाता खोल्न सकेको छैन ।
७ असोज, काठमाडौं । २०औं एसियाली खेलकुदअन्तर्गत स्क्वाशको मिक्स डबल्समा नेपालका बिपना भ्लोन र अरहन्त सिंहको जोडी पहिलो चरणबाटै बाहिरिएको छ ।
नागोयाको किन्जो फुतो एरिनामा भएको राउन्ड अफ ३२ को खेलमा नेपाली जोडी पाकिस्तानका आसिम खान र मेहविश अलीसँग २–० ले पराजित भयो ।
पहिलो खेल ७ मिनेटमा सकिँदा पाकिस्तानको जोडीले ११–६ को जित निकालेको थियो । दोस्रो खेल १० मिनेट चलेको थियो, जसमा पाकिस्तानले ११–१० ले बाजी मार्यो ।
यससँगै बिपना र अरहन्तको मिक्स डबल्सतर्फको एसियाली खेलकुद यात्रा समाप्त भएको छ ।
एसियन गेम्समा नेपालले हालसम्म पदकको खाता खोल्न सकेको छैन ।
प्रतिक्रिया 4