+
२०औं एसियन गेम्स :

एसियन गेम्स पुरुष बक्सिङ : नेपालका खगेन्द्र रोकामगर अन्तिम १६ मा प्रवेश

२०८३ असोज  ७ गते ९:४७ २०८३ असोज ७ गते ९:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसियाली खेलकुदअन्तर्गत पुरुष ६० केजी बक्सिङमा नेपालका खगेन्द्र रोकामगरले मकाउका एल्भिन जिम्नेसियममा ५–० ले हराएर अन्तिम १६ मा स्थान बनाए ।
  • बुधबार भएको प्रारम्भिक चरणको खेलमा खगेन्द्रले तीनै राउन्डमा पाँचै निर्णायकबाट बढी अंक पाए ।
  • खगेन्द्रको अर्को खेल शुक्रबार हुनेछ ।

७ असोज, काठमाडौं । २०औं एसियाली खेलकुदअन्तर्गत पुरुष ६० केजी तौल समूहको बक्सिङमा नेपालका खगेन्द्र रोकामगर अन्तिम १६ चरणमा प्रवेश गरेका छन् ।

निशिओ जिम्नेसियममा बुधबार भएको प्रारम्भिक चरणको खेलमा खगेन्द्रले मकाउका एल्भिन जोन रेयेस सालिनासलाई ५–० को सर्वसम्मत निर्णयमा पराजित गरे ।

खगेन्द्रले तीनै राउन्डमा पाँचै जना निर्णायकबाट बढी अंक प्राप्त गर्दै जित निकाले । पहिलो राउन्डमा सबै निर्णायकले उनलाई १०–९ को अग्रता दिएका थिए ।

दोस्रो राउन्डमा चार निर्णायकले १०–९ र एकले १०–८ को स्कोर दिएका थिए ।

तेस्रो राउन्डमा पनि पाँचै निर्णायकले खगेन्द्रलाई १०–९ को अग्रता दिए । खेलका क्रममा खगेन्द्रलाई एकपटक चेतावनी दिइएको थियो ।

जितसँगै खगेन्द्रले पुरुष ६० केजीतर्फ अन्तिम १६ मा स्थान बनाएका छन् ।

उनको अब अर्को खेल शुक्रबार हुनेछ ।

२०औं एसियन गेम्स एसियन गेम्स बक्सिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय