News Summary
Generated by OK AI. Editorially reviewed.- २०औं एसियाली खेलकुदअन्तर्गत टेबलटेनिस महिला सिंगल्समा नेपालकी इभाना थापा पहिलो चरणमै उज्बेकिस्तानकी अरुजान कमालोभासँग ४–० ले पराजित भइन् ।
- स्काइ हल टोयोटामा बुधबार भएको खेलमा इभाना पहिलो खेल ११–३, दोस्रो ११–६, तेस्रो ११–२ र चौथो ११–८ ले पछि परिन् ।
- यससँगै इभानाको महिला सिंगल्स यात्रा सकिएको छ, र उनी तथा रुबिन महर्जनको जोडी मिक्स डबल्सको दोस्रो चरणबाट पनि बाहिरिएको थियो ।
७ असोज, काठमाडौं । २०औं एसियाली खेलकुदअन्तर्गत टेबलटेनिसको महिला सिंगल्समा नेपालकी इभाना थापा पहिलो चरणबाटै बाहिरिएकी छन् ।
स्काइ हल टोयोटामा बुधबार भएको खेलमा इभाना उज्बेकिस्तानकी अरुजान कमालोभासँग ४–० को सोझो खेलमा पराजित भइन् ।
इभाना पहिलो खेलमा ११–३, दोस्रोमा ११–६, तेस्रोमा ११–२ र चौथोमा ११–८ ले पछि परिन् ।
यससँगै इभानाको महिला सिंगल्सतर्फ पनि यात्रा सकिएको छ ।
यसअघि इभाना थापा र रुबिन महर्जनको जोडी मिक्स डबल्सको दोस्रो चरणबाट बाहिरिएको थियो ।
प्रतिक्रिया 4