News Summary
Generated by OK AI. Editorially reviewed.- बुधबार सुनको मूल्य तोलामा १ सय रुपैयाँ बढेर ३ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
- चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ बढेर ४ हजार ८१५ रुपैयाँ पुगेको महासंघले बताएको छ।
- केही दिनयता सुनचाँदीको मूल्य सामान्य उतारचढावमा सीमित रहेको छ।
७ असोज, काठमाडौं । बुधबार सुनचाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा १ सय रुपैयाँ तथा चाँदी ४० रुपैयाँ बढेको छ ।
महासंघले आज सुनको मूल्य तोलामा ३ लाख २ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख २ हजार २ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ तोलामा ४० रुपैयाँ बढेसँगै ४ हजार ८१५ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन ४ हजार ७७५ रुपैयाँ थियो । केही दिनयता सुनचाँदीको मूल्य सामान्य उतारचढावमा सीमित रहेको छ । गत शुक्रबार सुनको मूल्य तोलामा ३ लाख ३ हजार १ सय तथा चाँदीको मूल्य ४ हजार ४४७ रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4