News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधि सभाको बुधवारको बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ पेश गरे र सदनले विचारार्थ प्रस्तुत गर्न अनुमति दियो।
- मन्त्री लम्सालले फोहोरमैला उत्सर्जन, संकलन, विसर्जन र व्यवस्थापनमा तीन तहका सरकारको भूमिका र जिम्मेवारी स्पष्ट पार्न विधेयक आवश्यक रहेको बताए।
- विधेयकको उद्देश्य फोहोरबाट मानव स्वास्थ्य र वातावरणमा पर्ने प्रतिकूल प्रभाव घटाउने र चक्रीय अर्थतन्त्रअनुसार फोहोरलाई स्रोत सामग्रीका रूपमा उपयोग गर्ने आधार बनाउने हो।
७ असोज, काठमाडौं । प्रतिनिधि सभाको बुधवारको बैठकमा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ पेश गरिएको छ ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पेश गर्नुभएको उक्त विधेयकलाई सदनले विचारार्थ प्रश्तुत गर्न अनुमति प्रदान गरेको हो ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रश्तुत गरे ।
मन्त्री लम्सालले सो विधेयक प्रश्तुत गर्न अनुमति माग्दै पेश गरेको प्रस्तावमाथि कुनैपनि सदस्यबाट विरोधको सूचना नपरेपछि सभामुखले विधेयक प्रश्तुत गर्न अनुमति दिएका थिए ।
विधेयक पेश गर्दै मन्त्री लम्सालले फोहरमैलाको उत्सर्जन, संकलन, विसर्जन र समग्र व्यवस्थापनमा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहको भुमिका र जिम्मेवारीलाई थप स्पष्ट पार्न आवश्यक रहेको बताए ।
तीन तहका सरकारबीच प्रभावकारी समन्वय कायम गर्दै स्वच्छ र स्वस्थ वातावरण निर्माण गर्न यो विधेयक अपरिहार्य रहेको उनले उल्लेख गरे ।
विधेयकको मुख्य उद्देश्य फोहरमैलाबाट मानव स्वास्थ्य र वातावरणमा पर्नसक्ने प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्नु रहेको छ ।
साथै, चक्रीय अर्थतन्त्रको अवधारणालाई आत्मसाथ गर्दै फोहरमैला प्रशोधन गरी त्यसलाई स्रोत सामग्रीका रूपमा उपयोग गर्ने कानूनी आधार तयार पार्ने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया 4