+
+
Shares

डोटीको बडीकेदारमा देउवा र गगनको तस्वीर राखेर कांग्रेस अधिवेशन

डोटीको बडीकेदार गाउँपालिकामा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र सभापति गगन थापाको तस्वीर ब्यानर राखेर अधिवेशन गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १७:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डोटीको बडीकेदार गाउँपालिकामा नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत गाउँ–नगर अधिवेशन बुधबार देउवा र गगन थापाको तस्वीरसहितको ब्यानर राखेर गरिएको छ।
  • अधिवेशन उद्घाटन समारोहमा देउवा समूहको सहभागिता नरहेका बेला फरक दृष्य देखिएको र ब्यानरबारे आफू अनभिज्ञ रहेको निवर्तमान सभापति करुणाकर जोशीले बताए।
  • अधिवेशनले वीरेन्द्र कोटकेनीलाई पालिका सभापति चयन गरेको छ।

७ असोज, काठमाडौं । डोटीको बडीकेदार गाउँपालिकामा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र सभापति गगन थापाको तस्वीर ब्यानर राखेर अधिवेशन गरिएको छ ।

पार्टीको १५औं महाधिवेशनअन्तर्गत गाउँ–नगर अधिवेशनका क्रममा बुधबार बडीकेदारमा पूर्वसभापति देउवा र सभापति थापाको तस्वीरसहितको ब्यानर राखेर अधिवेशन गरिएको हो ।

आन्तरिक विवादका बीच जारी तल्लो तहका अधिवेशनमा देउवा समूहको सहभागिता नरहेका बेला बडीकेदार गाउँपालिकामा अधिवेशन उद्घाटन समारोहमा फरक दृष्य देखिएको छ ।

यसबारे कांग्रेस बडीकेदारका निवर्तमान सभापति करुणाकर जोशीले पूर्वसभापति देउवा र सभापति थापाको तस्वीर ब्यानरमा राखिएको विषयमा अनभिज्ञता जनाए ।

‘ब्यानर किन त्यस्तो राखियो थाहा भएन । ब्यानर बनाउने जिम्मा सचिवलाई थियो,’ उनले अनलाइनखबरसँग भने, ‘उहाँले नबुझेर बनाउनु भयो कि ! मलाई थाहा भएन ।’

अधिवेशनले वीरेन्द्र कोटकेनीलाई पालिका सभापति चयन गरेको पनि जोशीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?