+
+
Shares

केएमसीले विद्यार्थीमार्फत गर्‍यो बाढीपीडितलाई २३ लाखभन्दा बढी सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १८:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं मोडेल माध्यमिक विद्यालय तथा कलेजले भदौ १० को बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २३ लाख ७० हजार ३१६ रुपैयाँ जम्मा गरेको छ।
  • विद्यार्थी कमिटीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोख्रेललाई सहयोग रकमको चेक हस्तान्तरण गरेको हो।
  • बाढीमा अभिभावक गुमाएका विद्यालयका चार विद्यार्थीलाई जनही ५१ हजार रुपैयाँका दरले आर्थिक सहयोग पनि गरिएको छ।

७ असोज, काठमाडौं । काठमाडौं मोडेल माध्यमिक विद्यालय तथा कलेजले भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको सहयोगार्थ २३ लाख ७० हजार ३१६ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।

विद्यालय तथा कलेजका विद्यार्थी कमिटी प्रतिनिधिमार्फत् नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोख्रेललाई उक्त रकमको चेक हस्तान्तरण गरिएको हो ।

कुल सहयोग रकममध्ये विद्यालय तथा कलेजको संस्थागततर्फबाट १५ लाख ३३ हजार ३३३ रुपैयाँ, शिक्षक तथा कर्मचारीका तर्फबाट ५ लाख ७५ हजार ७४७ रुपैयाँ र विद्यार्थीका तर्फबाट २ लाख ५८ हजार २५० रुपैयाँ संकलन भएको हो ।

यसैगरी, उक्त विनाशकारी बाढीमा परी आफ्ना अभिभावक गुमाएका विद्यालयका चार जना विद्यार्थीलाई विद्यार्थी समितिका तर्फबाट जनही ५१ हजार रुपैयाँका दरले आर्थिक सहयोगसमेत गरिएको छ । विद्यार्थीबाट संकलित रकम तथा विद्यार्थी समितिको कोषबाट उक्त सहयोग उपलब्ध गराइएको विद्यालयले जनाएको छ।

प्राकृतिक विपद्बाट सिर्जित मानवीय पीडा न्यूनीकरणका लागि सबैको साझा सहयोग आवश्यक रहेको भन्दै विद्यालय र कलेजले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको जनाएको छ ।

विद्यालय तथा कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं शैक्षिक नेतृत्व रामेश्वर अर्यालले बाढीबाट भएको क्षति कुनै निश्चित स्थान, समुदाय वा व्यक्तिको मात्र समस्या नभई समग्र मानव समुदायलाई संवेदनशील बनाउने विषय भएकाले विद्यालयले आफूले सक्ने सहयोग विद्यार्थीमार्फत् गरेको बताए।

“यो विपद् कुनै निश्चित ठाउँ, समुदाय वा व्यक्तिको मात्र नभई मानव जातिमाथि आएको पीडा हो । यस्तो अवस्थामा आफूले सकेको सहयोग गर्नु हामी सबैको साझा दायित्व हो । त्यसैले विद्यालय र कलेज परिवारको सामूहिक सहभागितामा सहयोग रकम उपलब्ध गराएका हौँ ” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?