+
+
Shares

न्युयोर्क पुगे प्रधानमन्त्री बालेन

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १८:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुगेका छन् ।
  • उनी हिजो कतार एयरलाइन्समार्फत दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थल हुँदै न्युयोर्क प्रस्थान गरेका थिए ।
  • उनले भोलि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नेछन् ।

७ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन शाह अमेरिकाको न्युयोर्क पुगेका छन् ।

उनी संयुक्त राष्ट्रसंघको महासंघमा भाग लिनका लागि हिजो (मंगलबार) कतार एयरलाइन्समार्फत त्यसतर्फ प्रस्थान गरेका थिए ।

कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थल हुँदै न्युयोर्क गएका थिए ।

उनले भोलि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दैछन् । केहीबेर अघिमात्रै उनी न्युयोर्कस्थित जेफएके अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

उनले भोलि (असोज ८) गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दैछन् ।

महासभामा प्रधानमन्त्री शाहले भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि जलवायु परिवर्तनको असरबारेमा राष्ट्रसंघको ध्यानाकर्षण गराउने कार्यसूची रहेको छ ।

हिजो मात्रै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्दै नेपालका हिमालहरूबाट संसारको छानो खसिरहेको बारेमा आफूले तीन वर्ष अघि नै ध्यानाकर्षण गराएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?