+
+
Shares

बागमतीका मुख्यमन्त्री र ललितपुर महानगर प्रमुखबीच भेटवार्ता

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनबीच भेटवार्ता भएको छ।  

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते २०:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनबीच बुधबार महानगरपालिकामा भेटवार्ता भएको छ।
  • मुख्यमन्त्री थापाले महानगरले विपद् व्यवस्थापन, हरियाली संरक्षण र स्वास्थ्य क्षेत्रमा गरेको काम उत्कृष्ट रहेको भन्दै प्रदेश सरकार सहकार्य गरेर अघि बढ्ने बताए।
  • नगर प्रमुख महर्जनले महानगरले सम्पदा संरक्षणसँगै नागरिकको दैनिक जीवनसँग जोडिएका विषयलाई प्राथमिकता दिएको र स्थानीय तह प्रदेशसँग सहकार्य गर्न तयार रहेको बताए।

७ असोज, ललितपुर ।  बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनबीच भेटवार्ता भएको छ।  नगर प्रमुख महर्जन र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाबीच बुधबार महानगरपालिकामा भेटवार्ता भएको हो । मुख्यमन्त्रीलाई नगर प्रमुख महर्जन र नगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले स्वागत गरेका थिए । उक्त भेटघाटमा प्रशासन प्रमुख देवप्रसाद गुरागाइँ लगायत सहभागी थिए।

भेटवार्ताको क्रममा मुख्यमन्त्री थापाले महानगरले गरेको काम उत्कृष्ट भएको प्रतिक्रिया दिए । उनले भने, ‘विपद् व्यवस्थापन, हरियाली संंरक्षणमा महानगरले उत्कृष्ट काम गरेको छ , स्वास्थ्य क्षेत्रमा भएका काम पनि अनुकरणीय छन् । ‘

मुख्यमन्त्री थापाले महानगरसँग प्रदेश सरकार सहकार्य गरेर अघि बढ्ने बताए ।

नगर प्रमुख चिरीबाबु महर्जनले महानगरले सम्पदा संरक्षणसँगसँगै नागरिकको दैनिक जीवनसँग जोडिएको विषयलाई प्राथमिकता दिएर काम गरेको बताए ।

ललितपुर महानगरले गरेको काम अन्य पालिकाले समेत अनुकरण गरेको बताउँदै यस पालिकाभित्र भएका कामको अवलोकन र अध्ययनका लागि मोफसलका पालिकाहरु दिनहुँ जस्तो आउने जानकारी नगर प्रमुखले गराए ।

नागरिकको नजिकको सरकार स्थानीय तह भएको बताउँदै प्रदेश सरकारसँग सहकार्य गरेर काम गर्न महानगर तयार भएको महर्जनले बताए । मुख्यमन्त्री थापाले हिमाली प्रकोपबाट प्रभावित भएको रसुवाको भ्रमणका क्रममा देखेका विषयहरु समेत कुराकानीको क्रममा राखेको थिए ।

मुख्यमन्त्री किरण थापा मगरले नगर प्रहरीले निर्वाह गरेको जिम्मेवारी उत्कृष्ट भएको बताउँदै दमकलस्थित नगर प्रहरीबलको कार्यलयको पनि अवलोकन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?