News Summary
Generated by OK AI. Editorially reviewed.- भक्तपुरको गठ्ठाघर–जडिबुटी खण्डमा बुलेट मोटरसाइकल डिभाइडरमा ठोक्किँदा २१ वर्षीय किशोरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
- आज बिहान करिब ४ बजे भएको दुर्घटनामा परेका उनलाई भक्तपुरको अस्पतालमा लगिएको थियो, तर उपचार सफल भएन ।
- गएराति काठमाडौं उपत्यकामा थप १० वटा सवारी दुर्घटना हुँदा १० जना सामान्य घाइते भएका छन् ।
८ असोज, काठमाडौं । भक्तपुरको गठ्ठाघर–जडिबुटी खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ । आज बिहान करिब चार बजे बुलेट मोटरसाइकल सडक डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा २१ वर्षीय किशोरको मृत्यु भएको हो ।
उनको भक्तपुरको अस्पतालमा उपचारका लागि पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटना भएको मोटरसाइकल र मृतकको थप विवरण खुलेको छैन ।
गएराति काठमाडौं उपत्यकामा थप १० वटा सवारी दुर्घटना भएकोमा १० जना सामान्य घाइते भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4