News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा बुद्धिकान्त न्यौपाने ६६० मतसहित निर्वाचित भएका छन् ।
- महानगर उपसभापतिमा मित्रनिधि तिवारी ७१५ मतसहित विजयी भएका छन् ।
- सचिवमा सुमित पराजुली निर्वाचित भएका छन्, भने उपाध्यक्षमा कल्पना पौडेल खड्का र सहसचिवमा देउबहादुर थापा सर्वसम्मत चुनिएका छन् ।
८ असोज, काठमाडौं । नेपाली कांग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा बुद्धिकान्त न्यौपाने निर्वाचित भएका छन्।
बुधबार भएको निर्वाचनमा न्यौपानेले ६६० मत पाए । उनका प्रतिस्पर्धी ज्योतिप्रसाद कँडेलले ४१३ मत ल्याए। सभापतिको तेस्रो प्रतिस्पर्धी कृष्ण विलास अधिकारीले १५९ मत पाएका थिए।
महानगर उपसभापतिमा मित्रनिधि तिवारी विजयी भएका छन् । उनले ७ सय १५ मत प्राप्त गर्दा सोही पदका उम्मेदवार रेशमबहादुर देउजाले ४ सय ७७ मत ल्याएका छन्।
सचिवमा सुमित पराजुली निर्वाचित भए। महिला तर्फको उपाध्यक्षमा कल्पना पौडेल खड्का र सहसचिवमा देउबहादुर थापा सर्वसम्मत चुनिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4