+
+
Shares

कांग्रेसको पालिका अधिवेशन आज पनि जारी रहने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते ८:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत बाँकी २४१ पालिकामा आज र भोलि अधिवेशन हुने भएको छ ।
  • ५८ जिल्लाका ५१२ पालिकामा बुधबार उद्घाटन, बन्द सत्र र निर्वाचन प्रक्रिया सम्पन्न भएको कांग्रेसले जनाएको छ ।
  • जल तथा मौसम विभागले ८ देखि १२ असोजसम्म भारी वर्षा हुने पूर्वानुमान गरेपछि कांग्रेसले मौसम हेरेर अधिवेशन गर्न निर्देशन दिएको छ ।

८ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशन अन्तर्गत पालिका अधिवेशन आज पनि जारी रहने भएको छ ।

नेपाली कांग्रेसका अनुसार अधिवेशन हुन बाँकी रहेका २४१ पालिकामा आज र भोलि अधिवेशन हुनेछ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य सचिव राजु कटुवालका अनुसार ५८ जिल्लाका ५१२ पालिकामा बुधबार अधिवेशनको उद्घाटन तथा बन्द सत्रसहित निर्वाचन प्रक्रिया भइसकेको छ । उनका अनुसार बाँकी रहेका पालिकामा आज र भोलि अधिवेशन हुनेछ ।

जल तथा मौसम विभाग विभागले ८-१२ असोजसम्म भारी वर्षा हुने पूर्वानुमान गरेकोले पालिका अधिवेशन गर्दा मौसमलाई ध्यानमा राखी अनुकूल समय मिलाएर गर्न सम्बन्धित निर्वाचन अधिकृतहरूलाई कांग्रेसले निर्देशन दिएको छ ।

कांग्रेसले ३ असोजदेखि वडा अधिवेशन सुरु गरेको थियो । वडा अधिवेशन सकेर कांग्रेसले बुधबारदेखि पालिका अधिवेशन सुरु गरेको हो ।

१६-१९ असोजसम्म १५औं महाधिवेशन गर्ने कार्यतालिका कांग्रेसको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?