+
+
Shares

कांग्रेस तिलोत्तमा नगर सभापतिमा ढकालको प्यानल निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते ११:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस तिलोत्तमा नगर सभापतिमा नारायण ढकाल प्यानलसहित निर्वाचित भएका छन् ।
  • ढकालले ३२७ मत पाएर भेषराज पाण्डेलाई पराजित गरेका हुन् ।
  • उपसभापतिमा रमेशप्रसाद पराजुली र शोभाकुमारी राना, सचिवमा प्रदीपकुमार थापा र सहसचिवमा कोपिला भट्टराई काफ्ले निर्वाचित भएका छन् ।

८ असोज, बुटवल । नेपाली कांग्रेस तिलोत्तमा नगर सभापतिमा नारायण ढकाल प्यानल सहित निर्वाचित भएका छन् । पार्टीको १५औँ महाधिवेशनअन्तर्गत बुधबार भएको नगर अधिवेशन अन्तर्गत दुई प्यानलबीच भएको मतदानबाट ढकाल सभापतिमा निर्वाचित भएका हुन् । ढकाल तिलोत्तमा १३ का वडाध्यक्ष समेत हुन् ।

प्राप्त मतपरिणामअनुसार ढकालले ३२७ मत प्राप्त गरेका छन्।  उनका प्रतिस्पर्धी भेषराज पाण्डेले १५९  मत प्राप्त गरेका छन् ।

उपसभापति पदमा रमेशप्रसाद पराजुलीले ३०३ मत र महिला उपसभापतिमा शोभाकुमारी रनाले ३३१ मत पाएर निर्वाचित  भएका छन् । उनीहरूका प्रतिस्पर्धीहरू क्रमश: मिनप्रसाद अधिकारीले ८१ र सुनिता पाण्डेले १०२ मत पाएका छन् ।

त्यस्तै सचिव पदमा प्रदीपकुमार थापा ३६७ मत सहित निर्वाचित हुँदा प्रतिस्पर्धी मिनप्रसाद देवकोटाले ११६ मत मत पाएका छन् ।

सहसचिवमा कोपिला भट्टराई काफ्ले ३२१ मत सहित निर्वाचित हुँदा खिम कुमारी १४५ मत पाएर पराजित भएकी निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?