News Summary
Generated by OK AI. Editorially reviewed.- एमएडब्लू राइड्सले भृकुटीमण्डपको यामाहा ब्लु फेस्टमा एक्सएसआर १५५ को नयाँ ब्लु कलर सार्वजनिक गरेको छ।
- नयाँ भेरियन्टको मूल्य ५ लाख ३४ हजार ९ सय रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ।
- नाडा अटो शोपछि एक्सएसआर १५५ ले ६ दिनमा ४२८ युनिट बुकिङ पाएको कम्पनीले दाबी गरेको छ।
८ असोज, काठमाडौं । यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर नेपालमा सार्वजनिक गरिएको छ।
नेपालका लागि यामाहा दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक एमएडब्लू राइड्सले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘यामाहा ब्लु फेस्ट’मा नयाँ कलर सार्वजनिक गरेको हो।
असोज ५ देखि १० गतेसम्म सञ्चालन भइरहेको एक्सचेन्ज मेलामा असोज ७ गते एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक गरिएको हो। नयाँ भेरियन्टको मूल्य ५ लाख ३४ हजार ९ सय रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ।
हालै सम्पन्न नाडा अटो शोमा सार्वजनिक गरिएको एक्सएसआर १५५ ले ६ दिनमा ४२८ युनिट बुकिङ प्राप्त गरेको कम्पनीको दाबी छ । चाडपर्वको समयमा मोटरसाइकलप्रति ग्राहकको रुचि बढिरहेको र थप कलर विकल्पको माग आएपछि नयाँ ब्लु संस्करण ल्याइएको कम्पनीले जनाएको छ।
एमएडब्लू ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले नाडा अटो शोमा एक्सएसआर १५५ ले प्राप्त गरेको प्रतिक्रिया उत्साहजनक रहेको बताए। ग्राहकको मागलाई ध्यानमा राखेर नयाँ कलर थप गरिएको र आगामी दिनमा नेपालमा थप कलर विकल्प ल्याउने तयारी रहेको उनले बताए ।
एक्सएसआर १५५ मा नियो–रेट्रो डिजाइन र आधुनिक प्रविधिसहितको पर्फर्मेन्स रहेको कम्पनीको भनाइ छ । भृकुटीमण्डपमा जारी एक्सचेन्ज मेला असोज १० गतेसम्म सञ्चालन हुनेछ। मेलामा ग्राहकले नयाँ ब्लु एक्सएसआर १५५ अवलोकन तथा टेस्ट राइड गर्न सक्नेछन्।
साथै, ५० भन्दा बढी भ्यालुएटरमार्फत पुरानो दुईपांग्रे सवारीसाधनको मूल्यांकन गराई जुनसुकै ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ यामाहा खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया 4