+
+
Shares

सभामुखले सांसदहरूलाई भने– बोल्नैका लागि नियमापत्ति माग नगर्नू

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते १७:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सभामुख डोलप्रसाद अर्यालले बिहीबार प्रतिनिधिसभामा बोल्नका लागि मात्रै नियमापत्ति नगर्न सांसदहरूलाई आग्रह गरेका छन्।
  • उनले नियमापत्ति गर्दा नियमावलीको व्याख्या, स्पष्ट आधार र औचित्य पुष्टि हुनुपर्ने बताएका छन्।
  • बैठकमा अदालतको भूमिकालाई लिएर व्यक्त विचारमाथि नियमापत्ति भएपछि सभामुखले यस्तो आग्रह गरेका हुन्।

८ असोज, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले बोल्नका लागि मात्रै नियमापत्ति माग गर्न सांसदहरूलाई आग्रह गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले यस्तो आग्रह गरेका हुन् ।

‘माननीय सदस्यहरूबाट बैठकमा छलफलका क्रममा नियमापत्ति हुनु स्वभाविकै हो । यद्यपि, जे विषयमा नियमापत्ति गरिएको हो सो भन्दा बाहिर गइ आफ्ना भनाइ राख्ने तथा बोल्नका लागि मात्र नियमापति गर्ने कार्य स्वभनिय देखिँदैन ।’

सांसदहरूले नियमावली हेरेर त्यसको मर्मअनुसार नियमापत्ति गर्नुपर्ने सभामुखको आग्रह छ ।

उनले भनेका छन्, ‘माननीय सदस्यहरूले नियमावलीको व्याख्या तथा स्पष्ट आधार एवं औचित्य पुष्टि हुन सक्नेगरी नियमापत्ति गर्नु सान्दर्भिक हुने कुरा जानकारी गराउँदछु ।’

बिहीबार प्रतिनिधिसभामा अदालतको भूमिकालाई लिएर व्यक्त विचारउपर नियमापत्ति भएको थियो ।

सुरुमा नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले अदालतपति दबाब बढाउने गरी संसद्मा विचार व्यक्त भएको भनेर यसको आलोचना गरे ।

आफूहरूले स्वतन्त्र न्यायपालिका चाहेको भन्दै रास्वपाका सांसद यज्ञमणि न्यौपानेले नियमापत्ति गरेका थिए । न्यौपानेको नियमापत्ति उपर पनि एमाले सांसद बरालले नियमापत्ति माग गरेर धारणा राखेका थिए ।

अन्य कतिपय विषयमा समेत संसद्मा नियमापत्ति भइराखेको हुन्छ । यसप्रति ध्यानाकर्षण भएको भन्दै सभामुख अर्यालले नियमापत्ति माग गर्दा नियमावलीको व्याख्या तथा स्पष्ट आधार एवं औचित्य पुष्टि हुन सक्नुपर्ने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?