+
+
Shares

बैंकहरूले यो वर्ष पनि अतिरिक्त पूँजी व्यवस्था गर्नु नपर्ने

राष्ट्र बैंकले चालु आवदेखि लागु गर्ने भनेको ‘काउन्टर साइक्लिकल बफर क्यापिटल’ को व्यवस्था चालु आवका लागि स्थागित गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते १९:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आर्थिक वर्ष वाणिज्य बैंकहरूले अतिरिक्त पूँजीकोष कायम गर्नु नपर्ने भएको छ ।
  • नेपाल राष्ट्र बैंकले चालु आवदेखि लागू गर्ने भनिएको ‘काउन्टर साइक्लिकल बफर क्यापिटल’ व्यवस्था स्थगित गरेको छ ।
  • राष्ट्र बैंकका अनुसार चालु आव काउन्टर साइक्लिकल बफर शून्य प्रतिशत कायम गर्दा पुग्ने छ ।

८ असोज, काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष पनि अतिरिक्त पूँजीकोष कायम गर्नु नपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आवदेखि लागु गर्ने भनेको ‘काउन्टर साइक्लिकल बफर क्यापिटल’ को व्यवस्था चालु आवका लागि स्थागित गरेको हो ।

केन्द्रीय बैंकले २०७६ देखि नै कार्यान्वयन गर्ने घोषणा भए पनि कोभिडको कारण देखाउँदै स्थागित भएको काउन्टर साइक्लिकल बफर अझै पनि कार्यान्वयनमा आउन सकेको छैन ।

राष्ट्र बैंकले पछिल्लो पाँच कुल गार्हस्थ उत्पादन (जीडीपी) मा निजी क्षेत्रको कर्जा अनुपातको औसत र पछिल्लो आवको जीडीपीमा निजी क्षेत्रको कर्जा अनुपात अन्तरका आधारमा ०.५ प्रतिशत काउन्टर साइक्लिकल बफर कायम गर्नुपर्ने व्यवस्था गरेको थियो ।

सोही व्यवस्था कार्यान्वयन गर्ने भनिए पनि विभिन्न कारणले सर्दै आएको छ । काउन्टर साइक्लिकल बफर अतिरिक्त पूँजीकोष प्राथमिक पूँजीबाट नै कायम गर्नुपर्ने हुँदा बैंकहरू दबाबमा थिए ।

पूँजीकोष दबाबका कारण बैंकहरूले कर्जा लगानी समेत नियन्त्रण गर्न थालेपछि केन्द्रीय बैंकले अतिरिक्त पूँजीकोषको व्यवस्था कार्यान्वयन गर्ने समय थप गर्दै आएको हो ।

तर, पछिल्लो दुई आव कर्जा विस्तार न्यून हुँदा उक्त अन्तर घटेसँगै चालु आव भने काउन्टर साइक्लिकल बफरको शून्य प्रतिशत मात्रै कायम गर्दा पुग्ने राष्ट्र बैंकले जनाएको छ ।

यससँगै चालु आव वाणिज्य बैंकको न्यूनतम प्राथमिक पूँजीकोष ८.५ प्रतिशत र पूरक पूँजी २.५ प्रतिशत सहित ११ प्रतिशत कायम गर्दा हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?