+
+
Shares

ह्वाइट हाउस पुगे चिनियाँ राष्ट्रपति सी, ट्रम्पसँग उच्चस्तरीय वार्ता जारी

ट्रम्पले भने, ‘राष्ट्रपति सी अमेरिका आएर दोस्रोपटक औपचारिक राजकीय भ्रमण गर्ने पहिलो चिनियाँ नेता बन्नुभएको छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते २०:२३

चिनियाँ राष्ट्रपति सी जिनपिङ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उच्चस्तरीय भेटवार्ताका लागि ह्वाइट हाउस पुगेका छन् ।

विश्वका दुई ठूला शक्तिराष्ट्रबीचको संवेदनशील सम्बन्ध व्यवस्थापन गर्ने उद्देश्यले दिनभर विभिन्न भेटवार्ता तथा कार्यक्रम हुँदैछन् ।

सी र उनकी पत्नी पेङ लियुआन कालो रंगको सरकारी गाडीमा ह्वाइट हाउस पुगेका थिए । उनीहरूलाई अमेरिकी राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलानियाले रातो कार्पेटमा स्वागत गरेका थिए ।

सो क्रममा अमेरिकी मरीन कोर्प्सको ब्यान्डले बाजा बजाएको थियो ।

सी ह्वाइट हाउस पुग्दा ट्रम्पले हात मिलाएर तस्वीर खिचाएका थिए । त्यसपछि अमेरिका र चीनका झण्डा बोकेका सैनिकहरूबीच चारै जनाले केही समय तस्वीर खिचाए र ह्वाइट हाउसतर्फ प्रवेश गरे ।

उनीहरूबीच त्यस क्रममा निकै कम कुराकानी भएको देखिएको थियो ।

भित्र पुगेर ट्रम्पले बोल्न सुरु गरे । ‘मेलानिया र म तपाईंलाई वासिङ्टनमा स्वागत गर्न पाउँदा सम्मानित महसुस गरिरहेका छौँ,’ ट्रम्पले भने, ‘राष्ट्रपति सी अमेरिका आएर दोस्रोपटक औपचारिक राजकीय भ्रमण गर्ने पहिलो चिनियाँ नेता बन्नुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?