+
+
Shares

ट्रम्प र सीको राजकीय रात्रिभोजमा के-के परिकार छन् ?

अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्मानमा आयोजना हुने राजकीय रात्रिभोजको मेनु सार्वजनिक गरेकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते २१:२०

अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्मानमा आयोजना हुने राजकीय रात्रिभोजको मेनु सार्वजनिक गरेकी छन् ।

ह्वाइट हाउसका अनुसार रात्रिभोजको मेनुमा अमेरिकी सामग्रीलाई चिनियाँ खानाको हल्का प्रभावसँग संयोजन गरिएको छ । यसले दुवै देशका पाक परम्परालाई एकै ठाउँमा प्रस्तुत गर्ने प्रयास गरिएको ह्वाइट हाउसले जनाएको छ ।

रात्रिभोजको सुरुवात सन् १९७२ मा तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन र चीनका प्रधानमन्त्री चाउ एनलाईले बेइजिङमा गरेको ‘टोस्ट टु पीस’लाई स्मरण गर्दै ‘विथ अ टोस्ट अफ स्क्राम्बस्बर्ग (ब्ल्यान्क डे नोइर)बाट गरिनेछ ।

पहिलो परिकार

  • पहेँलो फर्सीको भेलुटे
  • जंगली च्याउको फ्रिकासी
  • क्रिस्पी पान्सेटा
  • हरियो प्याजको तेल

दोस्रो परिकार

  • तिलले लेपन गरिएको सी बास
  • ब्रेज गरिएको बेबी बोक चोय
  • रोस्ट गरिएको गार्डेन एगप्लान्ट
  • सस भेर्ट

डेजर्ट

  • भेनिला क्रेम्यु र ह्वाइट हाउस हनी आइसक्रिम
  • ओखरको फ्राङ्गिपेन
  • सावर चेरी कनफिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?