+
+
Shares

संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री शाहले थाले सम्बोधन

न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताह अन्तर्गत आजको दिवासत्रमा उनले सम्बोधन गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते ६:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री वालेन्द्र शाहले न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहअन्तर्गत आजको दिवासत्रमा सम्बोधन सुरु गरेका छन् ।
  • सम्बोधनअघि प्रधानमन्त्री शाहले महासचिव एन्टोनियो गुटेरेससँग भेट गरेका थिए ।
  • गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताएका थिए ।

८ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्न सुरु गरेका छन् ।

न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताह अन्तर्गत आजको दिवासत्रमा उनले सम्बोधन गरेका हुन् ।

त्यसअघि प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेट गरेका थिए ।

महासचिव गुटेरेसले भोटेकोशी विपद्मा भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्दै जलवायु मुद्दामा संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको बताएका थिए ।

उनले युवा नेपाली प्रतिनिधिमण्डलको प्रशंसा पनि गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आफू सन् १९७८ मा पर्यटकका रूपमा नेपाल आएको स्मरण गर्दै महासचिव गुटेरेसले पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त पनि गरे ।

प्रधानमन्त्री शाहले नेपालमा आएको बाढी र जलवायु न्यायको विषय उठाउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?