+
+
Shares

बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध

बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।

कपिल कोइराला कपिल कोइराला
२०८३ असोज ९ गते ८:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अविरल वर्षापछि खसेको पहिरो र लेदोले काभ्रेपलाञ्चोक खण्डको बीपी राजमार्ग नमोबुद्ध–६, रोशी–७, रोशी–८ र रोशी–११ मा पूर्णरूपमा अवरुद्ध भएको छ।
  • इलाका प्रहरी कार्यालय मंगलटारकी प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्राका अनुसार वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने छ।
  • पनौती हुँदै बग्ने रोशी खोलाको जलसतह सतर्कता तह पार गरेर बढ्दो क्रममा रहेकाले प्रशासनले तल्लो तटीय र डुबान भइरहने क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।

९ असोज, काभ्रेपलाञ्चोक । अविरल बर्षापछि आएको पहिरो र लेदोले काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्राका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।

उनका अनुसार वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने छ । त्यसैले यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

त्यस्तै काभ्रेपलाञ्चोकको पनौती हुँदै बग्ने रोशी खोलामा पनौती जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरुमा सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बाढी पूर्वानुमान महाशाखाबाट प्राप्त सूचना अनुसार पनौतीमा रोशी खोलाले सतर्कता तह पार गरेको हो ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?