+
+
Shares

पहिरो र बाढीका कारण कालीगण्डकी करिडोर अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते ९:२१
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीको कालिगण्डकी गाउँपालिका–२ राक्सेमा लेदोसहितको पहिरो खस्दा कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ।
  • गाउँपालिका–४ पातीखोलाको बहाव बढेर सडकमा पानी आएपछि आवतजावत प्रभावित भएको प्रहरीले जनाएको छ।

९ असोज, गुल्मी । गुल्मीको कालिगण्डकी गाउँपालिकाका दुई स्थानमा पहिरो र खोलाको बहाव बढेपछि कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ।

शुक्रबार बिहान करिब ७ः४० बजे कालिगण्डकी गाउँपालिका–२ राक्सेमा सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

यस्तै, गाउँपालिका–४ स्थित पातीखोलाको बहाव बढ्दा सडकमा पानी आएर आवतजावत प्रभावित भएको प्रहरीले जनाएको छ ।

बाटो अवरुद्ध भएको सूचना प्राप्त भएपछि प्रहरीको टोली घटनास्थलतर्फ खटिएको छ ।

सडक अवरोधका कारण सवारीसाधन होल्डमा नरहेको प्रहरीले जनाएको छ । प्रहरीले अवरोध हटाउने तथा सडकको अवस्थाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?