News Summary
Generated by OK AI. Editorially reviewed.- २०औं एसियन गेम्सअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग ४८-२४ ले पराजित भएको छ ।
- जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको खेलको पहिलो हाफमा भारतले ३१-१७ र दोस्रो हाफमा १७-७ ले जितेको छ ।
- नेपालले समूह चरणमा थाइल्यान्डलाई हराएर र श्रीलंकालाई पराजित गर्दै सेमिफाइनल पुगेको थियो ।
९ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।
जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको सेमिफाइनलमा नेपाल भारतसँग ४८-२४ ले पराजित भएको हो ।
पहिलो हाफमा ३१-१७ को जित निकालेको भारतले दोस्रो हाफमा १७-७ को जित निकाल्यो ।
नेपाली टोली गत संस्करणको १९औं एसियन गेम्स सेमिफाइनलमा पनि भारतसँग पराजित भएर कास्यमा चित्त बुझाएको थियो ।
नेपालले समूह चरणमा थाइल्यान्डलाई हराउँदा चाइनिज ताइपेइसँग पराजित भएको थियो । त्यसपछि अन्तिम खेलमा श्रीलंकालाई हराएर सेमिफाइनलमा स्थान बनाउँदै कास्य पदक पक्का गरेको थियो ।
नेपालका लागि जारी एसियन गेम्समा यो दोस्रो पदक हो । यसअघि पुरुष करातेको कुमिते ८४ केजीमा तेन्जिङ शेर्पाले कास्य जितेका थिए ।
प्रतिक्रिया 4