+
+
Shares

जोगबुडामा बाढी आएपछि ‍पटराखल्लाका ९ परिवार सुरक्षित स्थानमा सारियो

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते १५:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मौसम महाशाखाले असोज ९, १० र ११ गते भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेपछि कञ्चनपुरमा सतर्कता अपनाइएको छ।
  • जोगबुडा नदीको सतह बढ्ने जोखिम देखिएपछि दोधारा चाँदनी नगरपालिका–३ पटराखल्लाका ९ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
  • परिवारका सदस्यसँगै आवश्यक खाद्यवस्तु र पशुचौपाया पनि वडा कार्यालय र जमुनाघाडी विद्यालयमा स्थानान्तरण गरिएको छ।

९ असोज, कञ्चनपुर । मौसम तथा पूर्वानुमान महाशाखाले असोज ९, १० र ११ गते देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेपछि कञ्चनपुरमा पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाइएको छ ।

अहिले कञ्चनपुरसहित सुदूरपश्चिमका पहाडी जिल्लाका केही स्थानमा वर्षा भइरहेको छ । महाकाली नदीमा पानीको बहाव ३४ हजार क्युसेक मात्रै रहेको जिल्ला प्रहरी कर्यालय कञ्चनपुरका सूचना अधिकारी टेक रावतले बताए ।

रावतका अनुसार, जोगबुडा नदीमा पानीको सतह बढेर बस्तीमा पस्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै दोधारा चाँदनी नगरपालिका–३ पटराखल्लाका ९ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

उनीहरूलाई नजिकैको वडा कार्यालय र जमुनाघाडी विद्यालयमा स्थानान्तरण गरिएको हो । सम्भावित जोखिमलाई ध्यानमा राख्दै सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा परिवारका सदस्यसँगै आवश्यक खाद्यवस्तु तथा पशुचौपायासमेत सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।

पटराखल्ला जोगबुडा नदीको जोखिममा रहेको बस्ती हो । यस क्षेत्रमा विगतमा पनि नदीमा पानीको बहाव बढ्दा बस्ती डुबानमा पर्ने गरेको छ । मौसम पूर्वानुमानअनुसार आगामी दिनमा वर्षा बढ्न सक्ने भएकाले नदी तटीय तथा होचा भू–भागका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?