+
+
Shares

रास्वपा नेता कार्की र बेलायती कन्जरभेटिभ पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशकबीच भेटवार्ता

भेटमा नेपाल–बेलायतबीचको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने र दुई राजनीतिक दलबीच संवाद, सहकार्य तथा अनुभव आदानप्रदानका सम्भावनाबारे छलफल भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते १५:४८

९ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका सदस्य हिक्मतजंग कार्की र बेलायती कन्जरभेटिभ पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक अमित जोगियाबीच लण्डनमा भेटवार्ता भएको छ ।

भेटमा नेपाल–बेलायतबीचको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने र दुई राजनीतिक दलबीच संवाद, सहकार्य तथा अनुभव आदानप्रदानका सम्भावनाबारे छलफल भएको थियो ।

सो अवसरमा नेता कार्कीले नेपालमा गत अगस्ट २६ मा आएको विनाशकारी बाढी तथा त्यसपछिको अवस्थाबारे जानकारी गराउँदै बाढीबाट भएको जनधनको क्षति, उद्धार तथा राहतका प्रयास र प्रभावित क्षेत्रमा परेको दीर्घकालीन असरबारे जानकारी गराएका थिए ।

अमित जोगियाले नेपाल–बेलायत सम्बन्धप्रति सकारात्मक धारणा व्यक्त गर्दै आगामी दिनमा रास्वपा र बेलायती कन्जरभेटिभ पार्टीबीच सम्बन्ध, संवाद तथा सहकार्य विस्तार गर्न आफूहरू इच्छुक रहेको बताएका थिए ।

भेटमा दुई दलबीच संस्थागत तथा पार्टी–टु–पार्टी सम्बन्ध स्थापना गर्ने विषयमा समेत छलफल भएको थियो। नेता कार्कीले नेपाल फर्किएपछि रास्वपाको केन्द्रीय नेतृत्वसँग आवश्यक परामर्श गरी यस विषयमा आवश्यक पहल गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?