+
+
Shares

हस्तान्तरण भइसकेको प्रतिलिपि अधिकारमाथि पुनः दाबी नगर्न आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते १७:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वतन्त्र संगीत समाज नेपालले नेपाली गीतसंगीतमा हस्तान्तरण भइसकेका अधिकारमाथि पुनः दाबी गर्ने र एकपक्षीय स्वघोषणा गर्ने प्रवृत्तिप्रति दुःख व्यक्त गरेको छ।

९ असोज, काठमाडौं । नेपाली गीतसंगीत क्षेत्रमा हस्तान्तरण भइसकेका अधिकारमाथि पुनः दाबी गर्ने र एकपक्षीय स्वघोषणा गर्ने प्रवृत्ति बढेको भन्दै स्वतन्त्र संगीत समाज नेपालले दुख: व्यक्त गरेको छ । समाजका अध्यक्ष शम्भेरबहादुर श्रेष्ठले एक विज्ञप्तिमा जारी गरी यस विषयमा ध्यानाकर्षण भएको बताएका हुन् ।

लिखित सम्झौता र कानुनविपरीत हुने यस्ता कार्यले संगीत उद्योगमा विवाद बढाएको विज्ञप्तिमा उल्लेख छ ।

कानुनअनुसार लिखित सम्झौतामार्फत हस्तान्तरण भइसकेको अधिकारमाथि पछि फेरि दाबी गर्न नहुने समाजको भनाइ छ । प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयबाट जारी प्रमाणका आधारमा वास्तविक अधिकारधनीको कानुनी हक कमजोर पार्ने प्रयास भइरहेको समाजको भनाइ छ । समाजले यस विषयमा सम्बन्धित निकायसँग छानबिनको माग गरेको छ ।

स्रष्टाको सिर्जनात्मक अधिकारका साथै लगानीकर्ता तथा प्रकाशकको कानुनी अधिकारको पनि समान संरक्षण हुनुपर्नेमा जोड दिइएको छ । एक पक्षको अधिकार जोगाउने नाममा अर्को पक्षको वैधानिक अधिकार खोस्न नहुने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिलिपि अधिकारसम्बन्धी विवादलाई सार्वजनिक आरोप–प्रत्यारोपबाट नभई कानुनी र संस्थागत प्रक्रियामार्फत समाधान गर्न समाजले सबै पक्षसँग आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?