९ असोज, काठमाडौं । प्रहरीले चोरी भएका हाते ट्याक्टर(पावर टिलर) खरिद–बिक्रीमा संलग्न भएको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।
स्वयम्भू क्षेत्रबाट हाते ट्याक्टर चोरी भएका सूचनाका आधारमा खोजी गर्दै जाँदा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले काठमाडौं, भक्तपुर र ललितपुरबाट ती पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङका ४१ वर्षीय राजु मचामसी, सोही ठाउँका २१ वर्षीय राजु मचामसी, १९ वर्षीय राजु मचामसी, रौतहट परोहा नगरपालिका–५ घर भई हाल भक्तपुरको बोडे बस्ने राजेश्वर जैसवाल र काभ्रेको पाँचखाल नगरपालिका–४ का ४८ वर्षीय विपिनकुमार शाही रहेको प्रहरीले जनाएको छ ।
उनीहरूबाट चोरी भएका १४ थान हाते ट्याक्टर र एक मोटरसाइकल बरामद भएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
प्रतिक्रिया 4