+
+
Shares

कालीगण्डकी र रिडीमा बाढी, जोखिममा परेका बस्ती खाली गराइयो

अनिल खत्री अनिल खत्री
२०८३ असोज १० गते ६:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीको रुरु क्षेत्र गाउँपालिका–१ मा कालीगण्डकी र रिडी खोलाको प्रभाव बढेपछि लामोचौपारी आसपासका बस्ती खाली गराउन थालिएको छ।
  • खोलाको बहाव र जोखिम बढेपछि स्थानीयले घरका सामान सुरक्षित स्थानमा सारेका छन्।
  • राति वडाध्यक्ष नवराज विक र स्थानीय युवाले जोखिममा रहेका परिवारका सामान सुरक्षित स्थानमा सार्न सहयोग गरेका छन्।

१० असोज, गुल्मी । गुल्मीको रुरु क्षेत्र गाउँपालिका–१ अन्तर्गत लामोचौपारी आसपासका बस्तीमा कालीगण्डकी र रिडी खोलाको प्रभाव बढेपछि स्थानीयलाई सजग गराउँदै बस्ती खाली गराउन थालिएको छ ।

खोलाको बहाव र जोखिम बढेपछि स्थानीयले घरमा रहेका सामानहरू सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन् ।

गएराति रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष नवराज विकसहित, स्थानीय युवाहरूले जोखिममा रहेका घरका सामान सुरक्षित स्थानमा सार्न सहयोग गरेका थिए ।

स्थानीय प्रेम भण्डारीका अनुसार रातिदेखि नै स्थानीय युवाहरूको सक्रियतामा जोखिममा रहेका परिवारका सामान सुरक्षित स्थानमा सारिएको बताए ।

खोलाको प्रभाव थप बढ्न सक्ने भएकाले किनारमा रहेका बस्तीका स्थानीयलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।

लेखक
अनिल खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?