१० असोज, रुपन्देही । रुपन्देहीमा प्रहरीले भन्सार छली गरेर ल्याइएका ६ लाख बढी मूल्यका सामान बरामद गरेको छ ।
जिल्लाको सिद्धार्थनगर नगरपालिका–१ स्थित कोटिहमाई मन्दिर नजिकबाट प्रहरीले १२ बोरा चियापत्ती र ६६ पिस लेडिज सुट बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी ती सामान बरामद गरेको प्रहरीले जनाएको छ । बरामद सामानको अनुमानित मूल्य ६ लाख १० हजार २ सय रुपैयाँ रहेको छ ।
प्रहरीले बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बेलहिया, रुपन्देहीमा पठाएको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4