+
+
Shares

गुल्मीको सेउघामा पहिरो जाँदा २ घर जोखिममा, ६ जनाको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १० गते १२:००

१० असोज, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–४ सेउघामा पहिरो खसेपछि दुई घर जोखिममा परेका छन् । शुक्रबार राति माथिबाट पहिरो खस्दा तेजबहादुर खत्री र एमकला खत्रीको एकतले कच्ची घर जोखिममा परेका हुन् ।

घटनाको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी सहायक निरीक्षक प्रविन चौलागाईंको कमाण्डमा ९ जनाको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले दुवै घरका ६ जनालाई उद्धार गरी तेजबहादुर खत्रीको घरमाथि रहेको गोठको माथिल्लो भागमा सुरक्षित स्थानान्तरण गरेको निमित्त प्रमुख जिल्ला अधिकारी कीरण जोशीले बताइन ।

पहिरोका कारण थप जोखिम हुन सक्ने भएकाले प्रहरीले घटनास्थलको अवस्था निगरानी गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?