+
+
Shares

रसुवाको बाढीपछि बेपत्ता गंगारामको कुशको शव बनाएर अन्त्येष्टि

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १० गते १३:५२

१० असोज, जनकपुरधाम । महोत्तरीको मटिहानी नगरपालिका–७ का ४० वर्षीय गंगाराम मण्डलको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ ।

गत भदौ १० गते रसुवाको बाढीमा बेपत्ता उनको लामो समयसम्म खोजबिन गर्दा र घर नफर्केपछि मृत्यु भइसकेको ठानेर कुशको शव बनाएर अन्त्येष्टि गरिएको हो ।

उनलाई १७ वर्षीय छोरा आदत्य राजले दागबत्ती दिएका छन् । बुबा अशेश्वर मण्डलको एकलो छोरा गंगाराम रिचा ट्र्याकस प्रालिमा भान्सेको रूपमा काम गर्दै आएका थिए ।

कैलाश मानसरोवर यात्रा गर्नेहरूसँगै गएका गंगाराम भदौ १० गतेको विनाशकारी बाढीपछि बेपत्ता छन् ।

उनका परिवारमा बुबा, आमा मिथिला देवी, श्रीमती गुञ्जादेवी र चार शन्तान छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?