News Summary
Generated by OK AI. Editorially reviewed.- धादिङको कृष्णभिरमा पहिरो खसेपछि अवरुद्ध पृथ्वी राजमार्ग दिउँसो साढे १२ बजेदेखि एकतर्फी सञ्चालनमा आएको छ।
- बेनिघाट रोराङ–७ का वडाध्यक्ष कुमार बस्नेतले थप पहिरो नगए आजबाट नियमित सञ्चालन हुने बताए।
- बिहीबार राति ढुंगासहितको पहिरोले अस्थायी डाइभर्सन समेत बगाउँदा राजमार्ग रातभर बन्द भएको थियो।
१० असोज, काठमाडौं । धादिङको कृष्णभिरमा पहिरो खसेपछि अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । बेनिघाट रोराङ गाउँपालिकाका – ७ वडाध्यक्ष कुमार बस्नेतले दिउँसो साढे १२ बजेबाट राजमार्ग एकतर्फी सञ्चालनमा आएको जानकारी दिए ।
उनका अनुसार, तत्काल दुईतर्फी बाटो सञ्चालनमा ल्याउन भने समस्या देखिएको छ । थप पहिरो नगएको खण्डमा आजबाट नियमित बाटो सञ्चालनमा आउने उनले बताए ।
बिहीबार राति ढुंगासहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो ।
पहिरोको जोखिमका कारण रातभर पृथ्वीराजमार्ग बन्द भएको थियो ।
गत भदौ १४ गते कृष्णभिर क्षेत्रको सडक भासिएपछि डाइभर्सन बनाएर यातायात सन्चालन गरिएको थियो । सोही अस्थायी डाइभर्सनमा पहिरो झरेर बाटो बन्द भएको थियो ।
यद्यपि अहिले बाटो एकतर्फी सञ्चालनमा आएको हो ।
प्रतिक्रिया 4