१०, असोज, काठमाडौं । नेपाली कांग्रेसले सत्तापक्ष र प्रतिपक्षी दलका नेतृत्वहरूलाई १५औं महाधिवेशनको उद्घाटन समारोहमा आमन्त्रण गरेको छ ।
कांग्रेसले १६ असोजमा उद्घाटन हुने केन्द्रीय महाधिवेशनका लागि सत्तापक्ष र प्रतिपक्षी दलका नेतृत्वहरूलाई आमन्त्रण गरेको हो ।
उद्घाटन समारोहमा आतिथ्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा गरिएको सहमहामन्त्री उदयशमशेर राणाले जानकारी दिए ।
उनले शुक्रबार तीनै नेताहहरूलाई भेटेर निमन्त्रण पत्र दिइएको पनि बताए ।
कांग्रेसका एक पदाधिकारीले महाधिवेशनको उद्घाटन समारोहमा छिमेकी मुलुकबाट पनि अतिथिहरू बोलाइने तयारी भइरहेको बताएका छन् ।
प्रतिक्रिया 4