+
+
Shares

डा. शशांक कोइरालाले भने- जोशका साथ महाधिवेशनमा जाँदैछौं

नेपाली कांग्रेस भनेको बलियो विचार भएको पुरानो पार्टी हो । पुरानो भन्दाखेरि फाटेको होइन, पुरानो तर त्यसमा नयाँ जोशका साथ हामी जाँदैछौं- डा. शशांक कोइराला ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १० गते १७:१७

१० असोज, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नयाँ जोशका १५ औं महाधिवेशनमा जान लागेको बताएका छन् ।

महाराजगञ्जको चुनदेवीस्थित सम्पर्क कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरू नयाँ जोशका १५ औं महाधिवेशनमा जान लागेको बताएका हुन् ।

‘नेपाली कांग्रेस भनेको बलियो विचार भएको पुरानो पार्टी हो,’ संयोजक कोइरालाले भने, ‘पुरानो भन्दाखेरि फाटेको होइन, पुरानो तर त्यसमा नयाँ जोशका साथ हामी जाँदैछौं ।’

महाधिवेशनलाई सफल बनाउन उनले सबैको साथको अपेक्षा पनि गरे । ‘यसले हामीलाई एउटा ‘इम्पिटस’ दिन्छ । एउटा शक्ति दिन्छ अगाडि बढ्नको लागि,’ कोइरालाले भने, ‘म आग्रह गर्न चाहन्छु– तपाईं सबैको सहयोग चाहिन्छ, यसलाई सफल बनाउनका लागि ।

संयोजक कोइरालाले अहिलेको समय आफूहरूको परीक्षाको घडि भएको पनि बताए । ‘यो हाम्रो लागि परीक्षाको समय पनि हो,’ उनले भने, ‘यो अधिवेशन अत्यन्त महत्वपूर्ण हो ।’

संस्थापन इतर समूह अत्यन्त गम्भीरतापूर्वक सोचेर अगाडि बढेको पनि संयोजक कोइरालाको भनाइ थियो । ‘यसलाई हामी अत्यन्त गम्भीरतापूर्वक सोचेर अगाडि बढेका छौं,’ उनले भने, ‘हामी के चाहन्छौं भने सबै साथै हिँडौं । सबै सँगै हिँडौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?