+
+
Shares

ललितपुरको लुभुमा स्कुटर दुर्घटना, चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते ६:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुर महालक्ष्मी नगरपालिका–६ लुभुस्थित साना गाउँमा स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा २६ वर्षीय आषिश मगरको मृत्यु भएको छ।
  • बा.प्र.०२–०५९ प २९३८ नम्बरको स्कुटर शनिबार साँझ दुर्घटना हुँदा सिराहा घर भई बोजेपोखरी बस्ने मगर गम्भीर घाइते भएका थिए।
  • उपचारका लागि किष्ट अस्पताल लगिएका मगरलाई चिकित्सकले शनिबार राति मृत घोषणा गरेका हुन्।

११ असोज, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–६ लुभुस्थित साना गाउँमा स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सिराहा घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–४ बोजेपोखरी बस्ने २६ वर्षीय आषिश मगर रहेका छन् ।

बा.प्र.०२–०५९ प २९३८ नम्बरको स्कुटर शनिबार साँझ आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए । 

घाइते मगरलाई तत्काल उपचारका लागि किष्ट अस्पताल लगिएकोमा उपचारका क्रममा चिकित्सकले शनिबार राति मृत घोषणा गरेका हुन्।

घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?