News Summary
Generated by OK AI. Editorially reviewed.- लगातार वर्षापछि त्रिशूली नदीको बहाब बढ्दा मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालमा सडक भासिएको छ।
- सडक डिभिजन भरतपुरका अनुसार आइतबार बिहान पौने ९ बजे नदीले तल्लो भाग कटान गर्दा सडक लगभग आधा भासिएको हो।
- सडकको आधा भाग भासिएपछि राजमार्ग एकतर्फी सञ्चालनमा रहेको सडक डिभिजन भरतपुरले जनाएको छ।
११ असोज, काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्डको सिमलतालमा सडक भासिएको छ ।
लगातारको वर्षापछि त्रिशूली नदीमा पानीको बहाब बढेर सडकको तल्ला भाग कटान गर्दा उक्त स्थानमा सडक भासिएको हो ।
सडक डिभिजन भरतपुरका अनुसार आइतबार बिहान पौने ९ बजेको समयमा त्रिशूली नदीले सडकको तल्लो भाग कटान गर्दा सडक लगभग आधा भाग भासिन पुगेको छ ।
सडकको आधा भाग भासिएका कारण राजमार्ग एकतर्फी सञ्चालनमा रहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4